Friday, April 16, 2010

के लेखुँ तिमिसंग दाँजेर

कहाँ थियौ तिमि, खोज्दै थिए भुमरीमा
आयौ तिमि सामिप्य, मन्द मुस्कान र्छर्दै मुहारमा ।
दियौ आशा अनि, यौवनमा लठि्ने नशा
सायद म अर्धचेतन थिएँ, नव उमंग छायो जीवनमा ।।

लपेटिए म त्यो मिठो लतले, देख्ने तिमिलाई हरेक पलमा
एकछिन टाढा हुदा तिमि, बल्छ आगो ह्दयमा ।
त्यही आगो चिसिन्छ, आँसु बन्छ नयनमा
सम्हाल्छु म आफैलाई, मिठो मिलनको पर्खाईमा।।

रोशनी हौ तिमि मेरो, मोक्षको बाटो देखाउने
आफू भित्र भित्र जली, मेरो लागि रमाउने ।
ब्रम्हाण्ड हौ तिमि मेरो, सधै बस हाँसेर
तिमि मेरो र्सबस्व हौ, के लेखुँ तिमि संग दाँजेर ।।

No comments:

Post a Comment